एजेन्सी । फ्रेन्च ओपन टेनिसमा सहभागिता जनाउने दुई पुरुष खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
फ्रेन्च ओपन आयोजक कमिटिले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
आयोजकले पछिल्लो पटक गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
कोरोना संक्रमित खेलाडीको नाम सार्वजनिक गरिएको छैन ।
तर, आयोजकले दुबै खेलाडी एकै राष्ट्रको रहेको जनाएको छ ।
कोरोना देखिएपछि उनीहरुलाई प्रतियोगिताबाट हटाईएको आयोजकले जनाएको छ ।
उनीहरु क्वारेन्टिनमा बसेको समेत बताईएको छ ।