नाडाल र बार्टी दोस्रो चरणमा
मंगलबार, जेठ १८, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार भएको खेलमा अष्ट्रेलियाका एलेक्सी पोपरिनलाई हराएर नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर तीन समेत रहेका नाडालले विना वरीयताका एलेक्सीलाई ६-३,६-२ र ७-६(७-३) ले पराजित गरे ।
१३ पटकको च्याम्पियन नाडालले अब फ्रान्सका रिचार्ड गास्क्वेटसँग खेल्नेछन् ।
महिलातर्फ विश्व नम्बर एक अस्लेइग बार्टीले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
बार्टीले अमेरिकी खेलाडी बेर्नार्डा पेरालाई पराजित गरिन् ।
खेलको दौरान चोट बोकेकी बार्टीले पेरालाई ६-४, ३-६ र ६-२ ले पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

