डोमिनिक पहिलो चरणमै पराजित
सोमबार, जेठ १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रियन खेलाडी डोमिनिक थिएम फ्रेन्च ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।
पेरिसमा आइतबार राति भएको खेलमा स्पेनका पाब्लो एन्दुजरसँग पराजित हुँदै थिएम बाहिरिएका हुन् ।
चौंथो वरीयताका थिएमले सुरुवाती दुई सेट ६-४ र ७-५ ले जितेका थिए । तर, त्यसपछिका सेट ६-३,६-४ र ६-४ ले गुमाउने पुगे ।
युएस ओपन विजेता तथा दुई पटकको उपविजेता थिएमविरुद्ध वरीयता विहीन पाब्लोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ग्रीसका पाँचौं वरीयता प्राप्त स्टेफानोस टित्सीपासले भने दोस्रो चरणको यात्रा तय गरेका छन् ।
यस्तै छैटौं वरीयता प्राप्त जर्मनीका एलेक्स्जेन्डर ज्वेरभले पनि दोस्रो चरणमा स्थान बनाएका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


