बेकह्यामको क्लबलाई २ मिलियन जरिवाना
शनिबार, जेठ १५, २०७८खेलपाटी संवाददाता

एजेन्सी । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीलाई कीर्तिमानी २ मिलियन अमेरिकी डलर जरिवाना गरिएको छ ।
खेलाडी किन्दा एमएलएसको नियम तोडेको भन्दै डेभिड बेकह्यामको क्लबलाई २ मिलियन जरिवाना गरिएको हो ।
सन् २०२० मा युभेन्ट्सबाट फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडी अनुबन्ध गर्दा मियामीले एमएलएसको नियम तोडेको बताईएको छ ।
एमएलएसले माटुइडीलाई अनुमति भन्दा धेरै पैसा तिरेर मियामीले किनेको जनाएको छ ।
यस्तै गत सिजन क्लबले ४ खेलाडी अनुबन्ध गरेर एमएलएसको नियम तोडेको जनाएको छ ।
मियामी सन् २०१८ मा स्थापना गरिएको क्लब हो ।
मियामीले गत वर्षबाट एमएलएस खेलिरहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)