रोड्रिगेजले कोपा अमेरिका गुमाउने
शुक्रबार, जेठ १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । कोलम्बियाका विंगर जेम्स रोड्रिगेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन् ।
चोटको कारण रोड्रिगेजले कोपा अमेरिका गुमाउने भएका हुन् ।
रोड्रिगेजको फिटनेस नपुगेको भन्दै कोलम्बियाले उनलाई कोपा अमेरिका खेल्ने टिममा राखिएको छैन ।
एभर्टनका विंगर समेत रहेका रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।
रोड्रिगेजले कोलम्बियाका लागि ८० खेल खेलेका छन् । जसमा २३ गोल र २५ असिस्ट गरेका छन् ।
कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुँदैछ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)