अल्बा रियलमा अनुबन्धित
शुक्रबार, जेठ १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर डेभिड अल्बालाई अनुबन्धित गरेको छ ।
रियलले फ्री ट्रान्सफरमा अष्ट्रियाका डिफेन्डर अल्बालाई अनुबन्ध गरेको हो ।
अल्बाको यस सिजनको अन्त्यसँगै बायर्न म्युनिखसँगको सम्झौता सकिएको थियो ।
२८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
अल्बा २०२६ सम्म रियालमा रहने छन् ।
अल्बा सन् २००८ मा बायर्न आएका थिए ।
१३ वर्ष बायर्नमा बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् ।
बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका थिए ।
यस्तै ६ जर्मन कप जितेका छन् ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

