काठमाडौं । पल्सर सहिद 'ए' डिभिजन क्लब फ्रेन्ड्सले मुख्य प्रायोजकको रुपमा एनआईबीएल बैंकको साथ पाएको छ । शनिबारबाट सुरु हुन लागेको 'ए' डिभिजन लिगको पुर्वसन्ध्यामा फ्रेन्ड्सले एनआईबीएलसंग मुख्य प्रायोजकको सम्झौता गर्न लागेको हो ।
शुक्रबार दिउँसो एक कार्यक्रमको आयोजना गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । सम्झौता अनुसार मुख्य प्रायोजक बैंकले क्लबलाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
त्यस्तै क्लबले सह प्रायोजकको रुपमा पञ्चकन्या ग्रुपसंग समेत सम्झौता गर्नेछ । सहमती अनुसार पञ्चकन्याले क्लबलाई ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
प्रयोजक र सह प्रायोजकसंगको सम्झौता लिग अवधिभर हुने क्लबका अध्यक्ष राजीव पौडेलले खेलपाटीलाई बताए । यसअघि समेत बैंकले क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गर्दै आएको थियो ।
करिब पाँच बर्ष लिग रोकिएपछि दुवैको सहमतीमा सम्झौता स्थगित गरिएको थियो ।