नाडाललाई इटालियन ओपनको उपाधि
सोमबार, जेठ ३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।
रोममा आइतबार राति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
विश्व नम्बर दुई रहेका नाडालले सर्बियन जोकोभिचमाथि ७-५, १-६ र ६-३ को सेटमा जित निकाले ।
यससँगै नाडालले १० औं पटक इटालियन ओपन जित्न सफल भएका छन् ।
'मेरो यो साता सकारात्मक रह्यो । म धेरै खुसी छु,' उपाधि जितेपछि नाडालले भने ।
महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् ।
स्विटेकले फाइनलमा कारोलिना प्लिस्कोभालाई ६-० र ६-० को सेटमा हराईन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


