एजेन्सी । बेलायती स्टार एन्डी मुर्रेले फ्रेन्च ओपन ग्राण्डस्लाम टेनिस नखेल्ने भएका छन् ।
ग्रास कोर्टमा हुने प्रतियोगिताको तयारीका लागि मुर्रेले फ्रेन्च ओपन नखेल्ने भएका हुन् ।
पूर्व विश्व नम्बर समेत रहेका मुर्रेले इटालियन ओपनको डबल्समा प्रतिस्पर्धा गरेका थिए ।
मुर्रेले मियामी ओपनपछि पहिलो पटक इटालियन ओपन खेलेका थिए ।
फ्रेन्च ओपन २४ मे देखि १३ जुनसम्म आयोजना हुनेछ ।
क्ले कोर्टमा खेलिने फ्रेन्च ओपनको मुख्य प्रतिस्पर्धा भने मे ३० बाट सुरु हुनेछ ।
गत वर्ष भने फ्रेन्च ओपन आयोजना भएको थिएन ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको थियो ।