काठमाडौं । घरेलु फुटबलमा न्युरोड टिम एनआरटीको आफ्नै विरासत छ । अनि उत्तिको आरोह अवरोह ।
पछिल्लो समय शीर्ष डिभिजनमा उक्लिने र फेरी दोस्रो डिभिजनमा झर्ने उसको नियती जस्तै देखिन्छ । नेपाली फुटबलको सफल क्लब मध्यको एक एनआरटीले चार पटक लिग उपाधि जितेको छ ।
नियमिति आयस्रोत हुने थोरै मध्यको एक रैथाने क्लब एनआरटीले यसपटक वार्मअप लिगलाई सामान्य तयारीकालागि सुरु गर्दैछ ।
‘धेरै समयको अन्तरालपछि फुटबल खेल्न लागेकाले खेलाडीबीच तालमेल मिल्न केही समय लाग्नेछ ।’ क्लबका महासचिव सुरेन्द्र जोशी भन्छन् । २०७० सालमा खस्कदो प्रर्दशनले बी डिभिजनमा झरेको एनआरटी त्यसको तीन बर्षमै पुन शीर्ष डिभिजनमा पुनरागमन गरेको थियो ।
घरेलु फुटबलमा औसत खेलाडीलाई समावेश गर्दै एनआरटीले केही राम्रा विदेशी खेलाडी अनुबन्धन गर्ने तयारी गरेको छ । सोही विदेशी खेलाडीको भरमा लिगमा राम्रो स्थान हासिल गर्ने क्लबको लक्ष्य छ ।
एनआरटीले यस पटक लिगकालागि ७० लाखको बजेट छुट्याएको छ । सोही बजेट भित्र रहेर रेलिगेशनविनाको लिग सकाउने क्लबको तयारी छ ।
खेलाडीको सुचि निम्न प्रकारको रहेको छ ।
शकल रेग्मी
दिनेश खड्की
अजित प्रजापति
सुशिल लामा
प्रविन कुमार शैजु
अनिश कपाली
दिपक खत्री
अनिल धामी
राजिव पुडाशैनी
रोशन सारु
सरोज तामाङ
निशान लिम्बु
रोशन भुर्तेल
अशिस वन
सफल थापा
सञ्जिप श्रेष्ठ
विरेन्द्र थापा
राजेश परियार