नाडाल क्वाटरफाइनलमा
बिहिबार, बैशाख ३०, २०७८खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार राति भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।
दोस्रो वरीयताका नाडालले १३ औं वरीयताका डेनिसलाई ३-६, ६-४ र ७-६ (७-३) ले पराजित गरे ।
पुरुषतर्फ नै शीर्ष वरियताका नोभाक जोकोभिच पनि क्वाटरफाइनलमा पुगेका छन् ।
सर्बियन जोकोभिचले स्पेनका फोकिनलाई ६-१ र ६-१ को सेटमा पराजित गरे ।
महिलातर्फ शीर्ष वरीयताकी एश्लेइघ बार्टीले क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


