बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

२०२१ मे ११, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।

काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा काठमाडौंले गोलको केहि मौका भने गुमाएको थियो ।

१६ औं मिनेटमा काठमाडौंका मेसौके ओलोमोउले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट बारमा लाग्दै फर्किएको थियो । धनगढीका गोलकिपर किरण चेम्जोङ अगाडी बढेको अवस्थामा मेसौकेले चलाखीपूर्ण तरिकाले प्रहार गरेका थिए ।

खेलको ३७ औं मिनेटमा सुदिल राईको पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे ।

Image

दोस्रो हाफको खेल थप रोमान्चक बन्यो ।

खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे ।

खेलको ८९ औं मिनेटमा वान भर्सेज वानको स्थितिमा ओलावाले आफिजको प्रहार काठमाडौंका गोलकिपर विकेशले उत्कृष्ट बचाऊ गरे ।

खेलको इन्जुरी समयको अन्तिम मिनेटमा काठमाडौंका स्टेफेनको फ्रिकिक प्रहार दोस्रो बारको टप कर्नर नजिकैबाट बाहिरियो ।

त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

Image

अतिरिक्त समयमा काठमाडौंले केहि गोलको सुन्दर अवसर खेर फाल्यो । खेलको १ सय १५ औं मिनेटमा मैदानको बायाँ भागमा पाएको फ्री किकमा स्ट्राइकर स्टेफेन बिनोङको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले क्लियर गरेका थिए । उक्त बलमा पोस्ट नजिकैबाट अन्जन राईको प्रहार आकासिएको थियो ।

त्यसको एक मिनेट नबित्दै मैदानको बायाँ भगबाट विश्वास श्रेष्ठको क्रसमा अन्जनकै फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।

धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।

May be an image of 2 people and people standing

May be an image of 1 person and standing

May be an image of 2 people, people standing, people playing sports and outdoors

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

Bhat Bhateni
एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल