एलेक्स्जेन्डरलाई मड्रिड ओपन
सोमबार, बैशाख २७, २०७८खेलपाटी संवाददाता
एजेन्सी । जर्मनीका एलेक्स्जेन्डर ज्वेरभले मड्रिड ओपनको उपाधि जितेका छन् ।
आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै एलेक्स्जेन्डरले उपाधि जितेका हुन् ।
पहिलो सेट ६-७ (८-१०) ले गुमाएपनि त्यसपछिका सेट ६-४ र ६-३ ले जित्दै एलेक्स्जेन्डरले उपाधि आफ्नो बनाए ।
छैटौं वरीयताका एलेक्स्जेन्डरले दोस्रो पटक मड्रिड ओपनको उपाधि जितेका हुन् । यस अघि उनले सन् २०१८ मा उपाधि जितेका थिए ।
२४ वर्षीय एलेक्स्जेन्डरले क्वाटरफाइनलमा राफायल नाडाल र सेमिफाइनलमा डोमिनिक थिमलाई हराएर फाइनल यात्रा तय गरेका थिए ।
महिलातर्फको उपाधि बेलारुसकी अर्याना सबालेन्काले जितिन् । फाइनलमा उनले विश्व नम्बर एक एस्लेईघ बार्टीलाई पराजित गरिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


