बिहिबार, ०४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्ले अफमा चार टिमको नजर

शनिबार, २५ बैशाख २०७८खेलपाटी संवाददाता
प्ले अफमा चार टिमको नजर
Loading ad...
mustang rice ad

काठमाडौं । फ्रेन्चाईज टिम एफसी चितवनका गोलरक्षक विशाल सुनारले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । तर, विशालकै गल्तिको कारण चितवन एक खेल अगाबै एनएसएलबाट बाहिरिएको छ ।

दशरथ रंगशालामा शुक्रबार पोखरा थण्डर्सविरुद्ध चितवनले प्रतिस्पर्धा गरिरहेको थियो । युवा खेलाडी शिशिर लेखीले ७३ औं मिनेटमा गोल गर्दै चितवनलाई १–० को अग्रता दिलाएका थिए ।

तर, खेलको ८२ औं मिनेटमा चितवनका विशालले ठुलो गल्ति गरे । काउण्टरमा आएको बललाई डिबक्स नजिक पोखराका नवयुग श्रेष्ठ नियन्त्रण लिन चाहन्थे । तर, चितवनका गोलरक्षक विशाल संयमित हुन सकेनन् र डिबक्स बाहिर निस्केर बललाई हातले पन्च गर्न पुगे । जुन गल्तिको कारण चितवनको तीन अंक मात्र हैन प्ले अफको यात्रा समेत टुंगियो ।

फिफा रेफ्री प्रज्वल क्षेत्रीले बिना संकोच विशाललाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए । पोखराले पायो फ्रिकिकको अवसर । त्यहिँ फ्रिकिकमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्दै पोखरालाई खेलमा फर्काए ।

नवयुगले १८ यार्ड लाईनबाट प्रहार गरेको फ्रिकिक चितवनका गोलरक्षक विवश चौधरीले पत्तै पाएनन् । खेल १–१ को अवस्थामा पुग्ने निश्चित थियो । यस्तो अवस्थामा दुबै टोली एकैपटक प्रतियोगिताबाट बाहिरिने संघारमा थिए ।

तर, डिफेन्समा खेल्दै आएका पोखराका क्यामरुन खेलाडी राफयल रिमगागो खेलको इन्जुरी समयमा गोल गर्दै पोखरालाई २-१ को महत्वपूर्ण जित दिलाए । जितसँगै पोखराले प्लेअफको सम्भावना कायम राख्यो । चितवन भने एक खेल अगाबै बाहिरियो ।

चितवनलाई हराएसँगै पोखरा तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । ८ अंक बनाएको पोखराको लिग चरणको खेल भने सकिएको छ । अब पोखराले शीर्ष चारमा स्थान बनाउन अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

चितवन र पोखराको खेलसँगै एनएसएलको पाँचौ चरणका खेलहरु समेत सकियो । पोखराले भने छैटौं चरणको खेल समेत पूरा गर्यो । धनगढी एफसी र काठमाडौं रेजर्सले भने शीर्ष चारमा आफ्नो स्थान पक्का गरिसकेको छ ।

७ टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टिमले प्ले अफ खेल्नेछ ।

क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछन् । क्वालिफायरमा पराजित टिमले फाइनल पुग्नका लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा क्वालिफायरमा पराजित टिम र तेस्रो र चौंथोबीचको विजेताले खेल्ने छन् ।

प्रतियोगितामा दुई टोलीले शीर्ष चारमा स्थान पक्का गरिसक्दा दुई टिमको टुंगो लाग्न बाँकी रहेको छ ।

अब पोखरा थण्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी मध्ये दुई टिमले शीर्ष चारमा स्थान बनाउने छन् ।

प्रतियोगिताको अन्तर्गत आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा धनगढी एफसी र बुटबल लुम्बिनी एफसीबीच भिडन्त हुनेछ । आईतबार हुने लिग चरणको अन्तिम खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच खेल हुनेछ ।

आज ललितपुरविरुद्ध विराटनगरले जित हासिल गरेको अवस्थामा विराटनगरले शीर्ष चारमा स्थान बनाउने छ । उसको १० अंक रहनेछ । ललितपुरलाई समेत जित बाहेक अन्य विकल्प छैन । विराटनगरविरुद्ध जित निकालेको अवस्थामा ललितपुरको ९ अंकसहित शीर्ष चार सुनिश्चित हुनेछ ।

यता धनगढीविरुद्ध बुटवल लुम्बिनीलाई जितको विकल्प छैन । धनगढी प्ले अफमा पुगिसकेको छ । यद्यपि धनगढी शीर्ष दुईमा रहदै क्वालिफायर खेल्न चाहन्छ ।

बुटबललाई भने प्लेअफमा स्थान बनाउन जितले मात्रै पुग्दैन । अन्य विराटनगर र लतिपुरको खेलले समेत उसको भाग्य निर्धारण गर्छ । उसको प्रार्थना हुनेछ आज विराटनगर र ललितपुरले बराबर खेलुन ।

यदि विराटनगर र ललितपुरले बराबर खेलेको अवस्थामा बुटबलले प्ले अफमा पुग्न धनगढीलाई ४–० गोल अन्तरले पराजित गर्नुपर्नेछ । विराटनगरले बराबर र बुटबल लुम्बिनीले जितेको खण्डमा अंक दुरी बराबर हुनेछ । त्यसपछि हेड टु हेड हेरिने छ । दुबै टोलीले एक अर्कामा २–२ को बराबरी खेलेका छन् ।

आजको पहिलो खेल बराबरको अवस्थामा सकिए त्यसको फाइदा बुटबललाई हुनेछ । बराबरले विराटनगरको ८ अंक हुनेछ । बुटबल लुम्बनीले जितेको खण्डमा उसको समेत ८ हुनेछ र पोखराको समेत ८ अंक रहेको छ । यस्तै अवस्थामा हेड टु हेड समेत बराबर हुनेछ र गोल अन्तरका आधारमा विराटनगर र बुटबल लुम्बिनी प्लेअफमा पुग्नेछन् । पोखरा र ललितपुर बाहिरिने छन् ।

चितवन र काठमाडौंबीचको खेल भने प्रतिष्ठाको लडाई मात्रै हुनेछ । चितवन बाहिरि सकेको छ भने काठमाडौं प्ले अफमा पुगिसकेको छ । यद्यपि काठमाडौं जित निकाल्दै क्वालिफायर खेल्न चाहन्छ । चितवन भने अन्तिम खेल जित्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

Loading ad...
xTreme Energy Drink
रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

 अल्भारेजको भविष्यबारे  एट्लेटिकोमा अन्योल

अल्भारेजको भविष्यबारे एट्लेटिकोमा अन्योल