शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरासँग पराजित चितवन बाहिरियो

शुक्रबार, २४ बैशाख २०७८खेलपाटी संवाददाता
पोखरासँग पराजित चितवन बाहिरियो
Loading ad...
mustang rice ad

काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।

शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो ।

पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे ।

१० खेलाडीमा समेटिएको चितवनका शिशिर लेखिले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर भने सिर्जना गरेको थियो । 

खेलको तेस्रो मिनेटमा पोखराका केचा यान्निकको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको छैटौं मिनेटमा चितवनका गोरान जेर्कोभिचले सेकेण्डबार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

१२ औं मिनेटमा पोखराका आयुश घलानको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

Image

खेलको १५ औं मिनेटमा चितवनका सुनिल श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।

१८ औं मिनेटमा पोखराका नितिन थापाले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट गएको थियो ।

खेलको २७ औं मिनेटमा पोखराका आयुश घलानले गोलको सुनौलो मौका गुमाए । रबि पासवानको क्रसमा पेनाल्टी बक्स भित्र रहेका आयुशको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा बक्स बाहिरबाट रबि पासवानको प्रहार पोस्ट माथिबाट गएको थियो ।

दोस्रो हाफको खेल भने रोमान्चक बन्यो ।

खेलको ५९ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको डिबक्स बाहिरबाटको उत्कृष्ट प्रहार पोखराका गोलकिपर दीप कार्कीले बचाउ गरे ।

७० औं मिनेटमा चितवनका रुप बहादुर लामाले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको बल पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

तर, खेलको ७३ औं मिनेटमा शिशिर लेखिले गोल गर्दै चितवनलाई १-० कोअग्रता दिलाए । उनले बक्स बाहिर मैदानको दायाँ भागमा गरेको सशक्त प्रहार टप पोस्ट बारबाट गोलमा परिणत भएको थियो ।

खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो । गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए । नितिन थापाको लामो पासमा नवयुग श्रेष्ठ अगाडि बढ्ने क्रममा चितवनका गोलकिपर विशाल सुनार बक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

Image

विशालको गल्तीसँगै पोखराले डिबक्सको ठिक बाहिरबाट फ्रिकिकको अवसर पायो । त्यहिँ फ्रिकिकमा कप्तान नवयुग श्रेष्ठले ८६ औं मिनेटमा गोल गर्दै पोखरालाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा रिमगागोले गोल गर्दै पोखरालाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले रबि पासवानको पासमा उत्कृष्ट गोल गरेका थिए ।

खेलमा पोखराका रबि पासवान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच  चितवनका शिशिर लेखि चुनिए । उनले १० हजार प्राप्त गरे ।

Image

जितसँगै पोखराले ६ खेलमा ८ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

चितवनले भने ५ खेलमा २ अंक जोडेको छ । चितवन पुछारमा रहेको छ ।

चितवनले अब अन्तिम एक खेल खेल्न बाँकी रहेको छ । उक्त खेल जितेपनि चितवनले शीर्ष चारमा स्थान बनाउने छैन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा