बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ‘सुपर सब्टिच्युट’ दर्शन

‘सुपर सब्टिच्युट’ दर्शन

२०२१ मे ७, शुक्रबारनमीन ढकाल

‘सुपर सब्टिच्युट’ दर्शन

काठमाडौं । भरपर्दा र परिपक्क मानिएका प्रभावशाली फिनिसर ओलादिपो ओलावाले आफिज पहिलो हाफको ३७ मिनेटमै चोट बोक्दै मैदान छाडे ।

खेल गत बुधबारको हो । धनगढीको प्लेअफमा पुग्ने लक्ष्य सहित पोखरा थण्डर्सविरुद्ध खेलिरहेको थियो ।

यसअघि पहिलो खेललाई छाडने हो भने आफिजले तीन खेलमा लगातार ४ गोल गरेका थिए । मैदान छाड्नु अघि आफुलाई समाल्ने प्रयास गरेका आफिजले खेल्न नसक्ने निर्णय गरे । आफुलाई परिवर्तन गर्न टिम अफिसियलाई आग्रह गरे ।

नेपाल सुपर लिग (एनएसएल)मा प्लेअफ पुग्न धनगढी एफसी मात्र एक जित टाढा थियो । तर महत्वपूर्ण मानिएका फिनिसरनै चोट बोकेपछि धनगढी दबाबमा आयो ।

मैदानमा रहेका स्ट्राइकरद्वय सन्जोक राई र निशान लिम्बुले सोचेअनुसार प्रदर्शन दिन सकिरहेका थिएनन् । उनीहरुलाई राईट विंगर बुद्ध बल तामाङले समेत राम्रो सपोर्ट गरिरहेको देखिदैन थियो ।

बेन्चमा रहेका दर्शन गुरुङ समेत घाईते भएका कारण आराम लिन चाहन्थे । उनी पाँचौ चरणको खेलमा बेन्चमा थिए । यसअघि सुरुवाती सेटमा रहेर खेलको सुरुवात गरेका दर्शन ओलावालेको चोटको संकेत पाउने बित्तिकै वार्म अपका लागि तयार रहे ।

अघिल्लो खेलमा चितवनविरुद्ध घुँडा मुनि सामान्य चोट बोकेर बेन्चमा बसेका दर्शनले सुपर सब्टिच्युट हुँदै दर्शनीय गोल गरे ।

No description available.

खेलको ३७ औं मिनेटमा मैदान प्रवेश गरि ६८ औं मिनेटमा गोल गरेका दर्शन त्यसपछि समेत खेलमा हाबी भैरहेका थिए ।

पोखराका खेलाडीले क्लियर गर्न नसकेको अवस्थामा करिब २५ यार्ड नजिक रहेका दर्शनले भली गोल गरे । उनको प्रहार पोखराका गोलरक्षक दिप काकीले ठम्याउन सकेनन् । दिप अघि बढेको अवस्थाको फाइदा उठाउँदै दर्शनले दर्शनीय गोल गरेका थिए ।

दर्शनको एक मात्रै निर्णायक गोलले धनगढी एफसी पोखरा थण्डर्सलाई पराजित गर्दै प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली भयो ।

लिगमा पहिलो गोल गरेका १८ बर्षिय दर्शनले ‘सुपर सब्टिच्युट’ अघि आफुले गोलनै गर्छु भन्ने मनमा नलागेको बताए ।

‘चोट थियो । गोलनै गर्छु भन्ने चाँही थिएन,’ खेलपछि खेलपाटीसँग बोल्दै उनले भने ।

जितसँगै धनगढी शीर्ष स्थानमा समेत उक्लिएको थियो । प्लेअफमा स्थान सुरक्षित गरेको उसको ५ खेलबाट १० अंक रहेको छ । धनगढीले तीन जित एक बराबर र एक हार ब्यहोरेको छ ।

‘गोल भैरहेको थिएन । हामीले विपक्षीको पोष्टमा अट्याक गरिरहेका थिएनौं । मैदान छिरेर धेरै भन्दा धेरै आक्रमण गर्छु भन्ने थियो । सोहि अनुसार खेले र गोल पनि भयो ।’ खेलपछि हसिलो मुद्रामा देखिएका इलामेली खेलाडीले भने ।

गोल अघि दर्शनले करिब २० यार्डबाट प्रहार गरेको बल गोलरक्षक दिप कार्कीलाई लाग्दै रिबाउण्ड आएको थियो । यद्यपि सो बल कार्कीले आफ्नो नियन्त्रणमा लिएका थिए ।

यसअघि ए श्रेणीका यी खेलाडीलाई अक्सनमा कुनै पनि टोलीले बिट लगाएको थिएन । तर अन्तिम समयमा कोटा खाली भएसँगै धनगढी एफसीले ‘विस लिष्ट’बाट दर्शनलाई टोलीमा लिएको हो ।

No description available.

एन्फा एकेडेमीका उत्पादन दर्शनले उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट समेत डेब्यु गरिसकेका छन् । यसअघि कार्तिकमा बंगलादेश भ्रमण क्रममा दर्शनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।

प्रशिक्षक बाल गोपाल महर्जनको प्रशिक्षणमा ढाका पुगेको नेपालले दुई मैत्रीपूर्ण खेलमा क्रममा दर्शनले डेब्यु अवसर पाएका थिए । प्रशिक्षक महर्जनले बंगलादेविरुद्ध १-० ले पछि परेको स्थितीमा ६९ औं मिनेटमा रवि पासवानको स्थानमा दर्शनलाई डेब्यु गराएको थिए ।

दोस्रो खेलमा भने दर्शनले सुरुवाती एघारमै रहेर ७३ औं मिनेट मैदान बिताएका थिए ।

पछिल्लो एन्फा ब्याजबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने एक्ला खेलाडी रहेका दर्शनले थ्री नेसन्स कपमा उपाधि हात पार्दा टोलीका महत्वपूर्ण खेलाडी थिए । उनलाई प्रशिक्षक महर्जनले अट्याकरको भूमिकामा खेलाएका थिए । परिवर्तित खेलाडीको रुपमा दुई खेल खेलेका दर्शनले गोल भने गर्न सकेनन् ।

गत सिजन ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीबाट खेलेका दर्शनले ३ गोल गरेका थिए । लिग लगत्तै तत्कालिन प्रशिक्षक योहान कालिनले दर्शनलाई पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षण बोलाएका थिए ।

सुपर सब्टिच्युट दर्शनले बाँकी खेलमा समेत उत्कृष्ट प्रर्दशन गर्दै धनगढीलाई उपाधि दिलाउन भूमिका खेल्ने बताए ।

‘चोटको डर पनि छ । अबका खेलमा झनै मेहनत गर्दै धनगढीलाई उपाधि दिलाउन भूमिका खेल्छु ।’ दर्शन भन्छन् ।

अब लिग चरणको अन्तिम खेलमा धनगढीले बुटबल लुम्बिनी एफसीको सामना गर्नेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास