युनाईटेड र लिभरपुलबीचको खेल स्थगित
२०२१ मे २, आइतबारखेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेड र लिभरपुलबीचको खेल स्थगित गरिएको छ ।
युनाईटेड र लिभरपुलबीचको खेल आज ओल्ड ट्राफोर्डमा हुने तालिका रहेको थियो ।
तर, युनाईटेड समर्थकहरु खेल अघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको हो ।
समर्थकहरु मैदान पसेपछि कोरोना भाईरसको प्रोटोकल उलंघन भएपछि खेल स्थगित गरिएको हो ।
समर्थकहरुले ओल्ड ट्राफोर्ड पुगेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए ।
त्यसअघि समर्थकहरु खेलाडी बसेको होटल अगाडी समेत नाराबाजी गरेका थिए ।
युरोपियन सुपर लिग नामको नयाँ प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेपछि समर्थकहरु आन्दोलित हुँदै आएका छन् ।
तर, युनाईटेडले सुपर लिगबाट नाम फिर्ता लिईसकेको छ ।