बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

करातेलाई ‘वाइल्ड कार्ड’ मुस्किल

शुक्रबार, बैशाख १७, २०७८दिपेश तिमल्सिना
करातेलाई ‘वाइल्ड कार्ड’ मुस्किल
Classic Tech Internet Ad

काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली कराते टोली पोर्चुगल प्रस्थानको तयारीमा थियो । अप्रिल ३० देखि मे ३ सम्म पोर्चुगलमा हुने कराते प्रिमियर लिगमा सहभागिता जनाउने नेपाली टोलीको कार्यक्रम थियो ।

तर, बढ्दो कोरोना भाइरसको संक्रमणका कारण नेपाली टोलीको यात्रा स्थगित भएको छ ।

नेपालका लागि १३ औं सागका स्वर्णधारीद्धय अनु अधिकारी र नविन रासाईलीले ओलम्पिक छनोटका लागि प्रशिक्षण गरिरहेका छन् ।

ओलम्पिक छनोटका लागि अनु र नविनले सँगै तयारी गरिरहेका भए पनि पोर्चुगलमा वरीयता सुधारका लागि आयोजना हुने प्रतियोगिताका लागि भने अनु अधिकारीको नाम मात्र दर्ता गरिएको थियो । प्रतियोगितामा विश्व वरीयतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि सहभागिता जनाउन पाउने थिए ।

तर, विश्व वरीयताको सयौं स्थानमा रहेका नविनले भने आफ्नो नाम दर्ता गराउन असफल भए ।

प्रतियोगिताका लागि आयोजकले १८ जनवरीदेखि अप्रिल १५ सम्म खेलाडी दर्ता मिति तोकेको थियो । विश्व वरीयताको सयौं स्थानमा रहेका खेलाडीले करिब तीन महिनाको समयमा आफ्नो नाम दर्ता गराइ सक्नु पर्ने थियो । तर, प्रतियोगिताको एक क्याटागोरीमा ६४ खेलाडीले मात्र नाम दर्ता गर्न पाउने नियम थियो ।

नविनले प्रतियोगितामा आफ्नो नाम दर्ता गराउन प्रयास नगरेका भने हैनन् । उनले प्रशिक्षक र संघसँग पनि आफ्नो नाम दर्तामा सहयोगका लागि पहल र प्रयास गरेका थिए । उनी आफैले पनि नाम दर्ता गर्न सक्थ्ये । तर, प्रतियोगितामा दर्ता शुल्क डलरमा थियो । जुन नविन आफैले मिलाउन सकेनन् ।

पोर्चुगलको प्रतियोगिताको महत्व कति ?

ओलम्पिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण दिँदै आएका प्रशिक्षक दिपक श्रेष्ठले यस प्रतियोगितालाई ओलम्पिक छनोट खेल्न पाउने ढोकाको रुपमा ब्याख्या गर्छन् । उनले प्रतियोगितालाई फ्रान्सको पेरिसमा जुनको १० र ११ तारिखमा आयोजना हुने ओलम्पिक छनोटको बाटोको रुपमा रहेको बताए ।

‘प्रतियोगितामा जान पाएको भए हाम्रा खेलाडीको वरियता बढ्ने थियो । अर्को कुरा खेलाडीले त्यो प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेको भए, ओलम्पिक छनोटका लागि ढोका खुल्न सक्थ्यो ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘सहभागिता जनाएको भए केही न केही हुन्थ्यो । तर सहभागितानै जनाउन पाएनौ ।’

उनले थपे, ‘ओलम्पिक छनोट खेल खेल्नु भन्दा पहिले हामीले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो वरियाता सुधार गर्नु पर्ने हुन्छ । हामी पोर्चुगलमा हुने प्रतियोगितामा गर्न सक्थ्यौ । तर कोरोनाका कारण केही गर्न सकेनौ ।’

प्रतियोगिता खेलाडीको विश्व वरियता सुधार गर्न पाउने एक उत्कृष्ट अवसर थियो । प्रतियोगितमा हारेपनि खेलाडीको प्रदर्शनलाई हेरेर ओलम्पिक छनोटमा सहभागिताका लागि अवसर पाउन सक्थे । तर, त्यो अवसर गुमाएको प्रशिक्षक श्रेष्ठले बताए ।

उनले प्रयास गर्दा गर्दै अन्तिममा असफल भएको जानकारी दिए । राम्रो तयारी हुँदा हुँदै कोरोनाका कारण एक ठुलो अवसर गुमाएको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

‘युरोपमा पनि बढ्दो कोरोना महामारीका कारण पोर्चुगलले निवेदन दिएका भिसाहरु रोकेको छ ।’ उनले भने, ‘प्रतियोगिता निर्धारित समयमै छ । समयमै भिजा चाहिन्छ भनेर प्रस्ताव गरेपछि गत शुक्रबार भिसा लिन आउनु भनेर सुचना आयो । तर, दिल्लीको फ्लाइटनै बन्द भइसकेको थियो ।’

छनोट खेल्न वरीयता पुग्दैन

जुनमा फ्रान्समा आयोजना हुने ओलम्पिक छनोटमा सहभागिता जनाउनका लागि नेपाली खेलाडीको वरीयता नै नपुग्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् । उनले कोरोनाका कराण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाएकाले ओलम्पिक छनोटका लागि वरीयताले रोक्ने बताए ।

ओलम्पिक छनोट खेल्न खेलाडीको विश्व वरियता १० हुनुपर्छ । तर, ओलम्पिक छनोटमा रहेका खेलाडी दुबै टोलीको वरीयता पुग्दैन । उनीको वरीयता सयको वरिपरी छ । खेलाडीको वरीयता स्पोर्टस डाटाले निर्धारण गर्दै आएको छ ।

‘फ्रान्सका हुने ओलम्पिक छनोटमा सहभागी हुनका लागि हाम्रो खेलाडीको वरीयता पुग्दैन । किनभने छनोट खेल्न विश्व वरीयता १० भित्र हुनु पर्छ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘वरीयता २० भित्र परेकाले मात्र छनोट खेल्ने अवसर पाए भनेपनि हामी त्यो भित्र छैनौ । त्यसैले हाम्रा लागि छनोट खेल्न गाह्रो छ ।’

उनले छनोटका लागि खेलाडीको वरीयता नपुग्ने भएकाले नेपाली खेलाडीका लागि वाइल्ड कार्ड एक मात्र विकल्प रहेको बताए ।

सन् १९८४ देखि एसियन गेम्समा सहभागिता जनाउदै आएको कराते पहिलो पटक ओलम्पिकमा प्रवेश हुन लोगेको हो । ओलम्पिकमा कराते खेलाडीले महिला र पुरुष समान चार–चार विधामा प्रतिस्पर्धा गर्ने छन् ।

‘ओलम्किपमा करातेले पहिलो पटक सहभागिता जनाउन लागेको छ । त्यसैले थोरै विधा समावेश गरिएको छ ।’ श्रेष्ठले भने, ‘फाइटमा महिला पुरुष गरी समान तीन–तीन विधा र व्यक्तिगत कातामा समान दई महिला÷पुरुषले प्रतिस्पर्धा गर्ने छन् ।’

वाइल्ड कार्ड नै गाह्रो

नेपाली कराते टोलीको ओलम्पिक छनोट खेल्ने सम्भावना न्युन रहेपछि ओलम्पिकमा सहभागिता जनाउने अन्तिम विकल्प वाइल्ड कार्ड हो । तर, नेपाली खेलाडीका लागि वाइल्ड कार्ड पनि निकै गह्रो छ ।

‘वाइल्ड कार्ड पनि हाम्रा लागि निकै नै गाह्रो विषय छ । पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउन लागेको करातेका लागि विश्वभरीबाट ४ वटा मात्रै वाइल्ड कार्ड छ । त्यसमा पनि दुई महिला र दुई पुरुष छन् ।’ श्रेष्ठले भने ।

ओलम्पिकमा सबै देशको सहभागिता होस् भन्ने हेतुले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले वाइल्ड कार्डको व्यवस्था गरेको हो । तर, त्यसमा पर्नका लागि आफ्नै नियम छ । वाइल्ड कार्डको अर्थ राम्रो खेलाडी अवसरबाट बन्चित नहोस् भन्ने रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

‘वाइल्ड कार्डको अर्थ राम्रो खेलाडी अवसरबाट बन्चित नहुन भन्ने हो । त्यस्ता खेलाडीलाई अवसर दिनु नै वाइल्ड कार्ड हो ।’ उनले भने, ‘हाम्रो त त्यो अनुसारको खेलाडीको वरियता छैन । अब कसरी दिन्छ हेरौ ।’

छनोटमा उत्कष्ट प्रदर्शन गरेका तर आउट भएका र खेलाउनै पर्ने खेलाडीलाई आईओसीले वाइल्ड कार्डको अवसर दिने उनको बुझाई छ । ओलम्पिकमा करातेतर्फ सिमित वाइल्ड कार्ड अवसर रहेकाले दक्षिण एसियामा पाकिस्तानी खेलाडीले पाउने सक्ने उनले बताए ।

‘वाइल्ड कार्ड पनि सिमित छ । पाकिस्तानी खेलाडीले दक्षिण एसियाबाट पाउन सक्ने धेरै आधार छ । उनीहरु विश्व वरीयताको १२ औं स्थानमा छन् ।’ उनले भने, ‘पाकिस्तानका खेलाडीले छनोटमा भने सहभागिता जनाउन पाउने÷नपाउनेमा शंका छ । मलाई जानकारी भए अनुसार आइओसीले पाकिस्तानी खेलाडीलाई नजरमा राखेको छ । किनभने सागको भिडियो फुटेजहरु आइओसीले मागेको थियो । भिडियो फुटेज माग्नुको कारण आईओसीले निगरानी गरिरहेको बुझ्न सकिन्छ ।’

ओलम्पिक छनोटमा रहेका खेलाडीको प्रशिक्षण एनओसीले नरोक्ने निर्णय गरेको छ । यसै वर्ष जापानको टोकियोमा आयोजना हुने ओलम्पिक नरोकिने भएपछि एनओसीले पनि ओलम्पिक छनोटमा परेका आफ्ना खेलाडीको प्रशिक्षण नरोक्न निर्देशन दिएको करातेका प्रशिक्षक श्रेष्ठले जानकारी दिए । उनले बढ्दो कोरोना महामारीलाई हेरेर यसअघिको सन्ध्याकालिन प्रशिक्षण स्थगित गरिएको बताए । तर, बिहानको प्रशिक्षण नियमित हुने श्रेष्ठले जानकारी दिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका सम्मानित

एरिका सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल