एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने
सोमबार, १० कार्तिक २०८२खेलपाटी संवाददाता
-1726842393-1761580575737.avif&w=3840&q=75)
काठमाडौं। एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छन्।
विश्व कराते महासंघ (डब्यूकेएफ)का अनुसार उनले युनिभर्सालिटी कोटामार्फत भाग लिने अवसर पाएकी हुन्।
गत महिना फ्रान्सको राजधानी पेरिसमा भएको छनोट प्रतियोगितामा उनी समूह चरणका सबै खेल जित्दै क्वार्टरफाइनलसम्म पुगेकी थिइन्। त्यसैले उनले कोटामार्फत आफ्नो स्थान सुरक्षित गरेकी हुन्।
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने च्याम्पियनसिपमा गुरुङले महिला कुमिते ६८ केजी तौलसमूहमाथि व्यक्तिगत विधामा प्रतिस्पर्धा गर्नेछिन्।
गुरुङ हालसम्म नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी हुन्। यो प्रतियोगिता विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धा हो। जसमा विश्वभरका उत्कृष्ट करातेका खेलाडी सहभागी हुने गर्छन्।
















