काठमाडौं । मछिन्द्रको कुरा गर्दा, ७० सालको लिगको सम्झन धेरैले गरेको हुनुपर्छ । त्यो बर्ष मछिन्द्रले लिगमा बबालै प्रर्दशन गरेको थियो ।
स्विडेनका प्रशिक्षक जोहान कलिनको नेतृत्वमा मछिन्द्रले क्लब इतिहासमा राम्रो नतिजा निकाल्न सफल भएको त्यही समय हो । लिगमा उसले दोस्रो स्थानमा हात पारेको थियो । लिगमा सबै बलिया क्लबलाई माथ ख्वाएको थियो । त्यही समय हो, नेपाली फुटबलमा कर्ण लिम्बु, विशाल राई र दिपक राई जस्ता खेलाडी उदाएको ।
पछि तिनै झापाली ‘ग्याङ’ले राष्ट्रिय लिग र मोफसलका प्रतियोगितामा झापा ११ बाट नेपाली फुटबलमा राम्रै छाप छाडे ।
विस्तारै घरेलु फुटबलबाट ओईलाएको मछिन्द्र फेरी पुरानै लयमा फर्कन चाहन्छ । उसकालागि असोज १३ बाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग राम्रो विकल्प हुन सक्छ । त्यही अनुसार उसले नयाँ खेलाडी लिएर धमाधम अभ्यास गरिरहेको छ ।
‘सानो अवधि भएपनि राम्रो नतीजा ल्याउने सोचले अभ्यास थालेका छौ ।’ क्लब अध्यक्ष प्रबोधविर सिंह कंशाकारले भने, ‘समय थोरै भयो । धमाधम तयारीमा छौँ । तर तयारी राम्रो भईरहेको छ ।’
राष्ट्रिय टिमबाट खेलाडी भित्राउन नसकेको मछिन्द्रले ए डिभिजन खेलिसकेका र नयाँ खेलाडीलाई मौका दिएको छ । तर विदेशी खेलाडीको आगमनले टोली अझ बलियो बन्ने क्लबको अपेक्षा छ ।
‘भिषा प्रक्रिया र वर्क परमिटका कारण विदेशी खेलाडी ल्याउन पाइरहेका छैनौ । चाँडै प्रक्रिया मिलाएर खेलाडी झिकाउँछौ ।’ अध्यक्ष कंसाकार भन्छन् ।
१० वर्ष अघि ए डिभिजनमा उक्लिएको मछिन्द्रलाई धनेश्वर प्रजापतीले हेर्नेछन् ।
मछिन्द्रसंग ३२ वर्ष बी डिभिजन खेलेको ईतिहास साक्षी छ ।
क्लबका खेलाडीको नामावली :
उत्तम गुरुङ
टंक प्रसाद गुरुङ
अचल कार्की
अजित गुरुङ
अनिल गुरुङ
अन्जन देबकोटा
विबेक पण्डित
विकाश राई
विशाल राई
दिप कार्की
खमिर ग्लिसोङ कन्दंग्वा
लोक बहादुर तामाङ
निरज चौधरी
पुकार खड्का
रोहित कार्की
सञ्जय राजबहाक
सर्बाेत्तम तुलाधर
सौरभ रखाल तामाङ