सोमबार, ११ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

धनगढी र ललितपुरको रोमान्चक बराबरी

बिहिबार, १६ बैशाख २०७८खेलपाटी संवाददाता
धनगढी र ललितपुरको रोमान्चक बराबरी
Loading ad...
mustang rice ad

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १-१ गोलको बराबरी खेलेका छन् ।

धनगढीका लागि ओलावाले आफिजले गोल गरे । ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए ।

रोमान्चक बनेको खेलमा ललितपुरले बल पोसेसनमा पकड जमाएको थियो । तर, पेनाल्टीसहित पाएको मौकालाई ललितपुरले सदुपयोग गर्न सकेन् ।

खेलको पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरे । विमल रानाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो ।

May be an image of 1 person, standing, playing football, outdoors and text that says 'पार्टी khelpati.com खेलपाटी ati. om R खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.c'

खेलको २७ औं मिनेटमा डिबक्स बाहिरबाट ललितपुरका इरिक विष्टको लामो प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो ।

खेलको ४२ औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टको प्रहार गोलकिपर किरण चेम्जोङ बिट भएको अवस्थामा धनगढीका डिफेन्डर निशा खड्काले गोललाइनबाट बल क्लियर गरे ।

खेलको ४४ औं मिनेटमा ललितपुर पेनाल्टीमा गोल गर्न चुक्यो । उसका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् ।

नुर्लानको प्रहार धनगढीका किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । कप्तान किरणले आफ्नो पेनाल्टी क्षेत्रमा कप्तान अन्जन विष्टलाई अनावश्यक फउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो ।

जारी प्रतियोगितामा दोस्रो पटक ललितपुरका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका हुन् । यस अघि उद्घाटन खेलमा अन्जन पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

खेलको ६६ औं मिनेटमा धनगढीका बुद्धबल तामाङको सशक्त प्रहार पोस्टको बार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाए । ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे ।

May be an image of 1 person, playing a sport and outdoors

तर, खेलको ७९ औं मिनेटमा रन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा ल्याए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जनको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार ललितपुरका डिफेन्डर निरज बस्नेतले गोललाइन नजिकैबाट क्लिएर गरेका थिए ।

खेलमा धनगढीका दिनेश राजवंशी प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका निरज बस्नेत चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

May be an image of 1 person and standing

बराबरीसँगै धनगढीले ३ खेलमा ४ अंक जोडेको छ । धनगढी दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

ललितपुरले ३ खेलमा २ अंक जोडेको छ । ललितपुर पुछारमा रहेको छ ।

ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १-१ गोलको बराबरी खेलेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नयाँ भूमिकामा देखिँदै रोनाल्डो

नयाँ भूमिकामा देखिँदै रोनाल्डो

 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

नेपालको हारै हार

नेपालको हारै हार

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

रियलमा एन्ड्रिकको भविष्य अझै अनिश्चित

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

रेनुले एसियाली पारा खेलकुद खेल्ने

रेनुले एसियाली पारा खेलकुद खेल्ने

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक