काठमाडौं । करिब पाँच बर्ष घरेलु लिग बन्द भयो । भएका खेलाडी पलाएन भए । नयाँ आउन सकेनन् । केही राम्रा खेलाडी ठुला क्लबसंग भए ।
जब सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु भयो । बजारमा खेलाडीको अभाव चर्को बन्यो । त्यही अभावमा पिरोलिएको अर्को क्लब हो, जावलाखेल युथ क्लब ।
एकातिर खेलाडीको चर्को मुल्य, अर्कोतर्फ दाम अनुसारको प्रर्दशन गर्ने खेलाडी नपाएपछि जावलाखेलले ए डिभिजन लिगलाई ‘लटरपटर’ रुपमा सकाउने रणनीति बनाएको छ ।
‘जावलाखेल उपाधिको दाबेदार होईन । तालिकामा मध्य भागमा रहेर लिग टुङ्गयाउने हाम्रो लक्ष्य हो ।’ क्लबका अध्यक्ष ठुलोभाई केसीले भने ।
घरेलु फुटबलको पुरानो क्लब जावलाखेलले लिग फुटबलमा खासै गतिलो रेकर्ड छैन् । रेलिगेशन नहुने भएपछि क्लबलाई समेत ‘हाईसञ्चो’ छ ।
‘खेलाडी पनि भनेको जस्तो छैन, चलेका राम्रा खेलाडी भित्राउन असफल भयौ । यसपटक माथिको आशा छैन । राम्रो प्रदर्शन गर्ने सोचेको छौ ।’ केसी भन्छन् ।
जावलाखेलले डेढ महिनादेखि टोलका खेलाडी र मोफसलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीलाई मिलाएर ए डिभिजन लिग खेल्ने तयारी गरेको छ ।
जाउलाखेल टिम :
जङ्गुनाथ खड्का
सुशिल कुमार यादव
समिर विष्ट
टेकेन्द्र थापा
अजय थापा मगर
राजिब ढुङ्गाना
प्रज्वल थापा मगर
अरुज सिंह
बर्षात गुरुङ
गौतम श्रेष्ठ
राकेश हमाल
विशाल राई
सुमन ढंगोल
गौरव श्रेष्ठ
दिपेश खतिवडा
कुल्दिप कार्की
सुरज ठकुरी
निरबहादुर आले