काठमाडौं । नेपालको लिग फुटबलको उपाधि धेरै हदसम्म विदेशी खेलाडीको प्रर्दशनमा निर्भर रहन्छ । त्यसैले ए डिभिजनका क्लब प्राय विदेशी खेलाडीहरु ल्याउन होडबाजीनै गर्छन् । शारिरिक रुपमा बलिया मानिने अफ्रिकन खेलाडी क्लबहरुको मुख्य रोजाई हो । उपाधि मात्र होईन, रेलिगेशनबाट बच्न समेत विदेशी खेलाडी नेपाली लिगमा महत्वपुर्ण मानिन्छ ।
तर यसपटक हुने रेलिगेशनबिनाको लिगमा अवस्था सुधार गर्न प्राय औसत क्लबले विदेशी खेलाडीकै भर परेका छन् । त्यसको एक उदाहरण सरस्वती क्लब हो ।
भिषा प्रक्रिया र वर्क परमिटका कारण विदेशी खेलाडी ल्याउन केही समस्या देखिएको छ । तर क्लबको यसपटकको प्रर्दशन विदेशी खेलाडीमै निर्भर हुने पक्का छ ।
उसले यसपटकको लिगमा मध्यम स्थानमा अटाउने लक्ष्य लिएको छ । ठुला क्लबले राष्ट्रिय स्तरका खेलाडी अनुबन्धन गरिसकेका थिए । राम्रो खेलाडी क्लबमा भित्राउन नपाएपनि सरस्वती मोफसलमा चलेका खेलाडीको भर प¥यो ।
जिल्लाबाट छानिएका राम्रा खेलाडीलाई समावेश गर्दै सरस्वतीले टिम बनायो । मोफसलमा उत्कृष्ट देखिएका तिर्थबहादुर बस्नेत र जङ्गबु शेर्पाबाट सरस्वतीलाई ठुलो आश छ । तर टिमको नतिजा धेरै हदसम्म बिदेशी खेलाडीमै निहित रहनेछ ।
‘सरकारले वर्किङ भिषामा कडाई गरेपछि खेलाडी ल्याउन गाह्रो परेको छ ।’ क्लबका अध्यक्ष सिक्षित पराजुलीले भने, ‘क्लबले विदेशी खेलाडी खोजीरहेको छ । सबैसंग कुरा भईरहेको छ । चाँडै नयाँ खेलाडी सार्वजनीक गर्नेछौ ।’
सरस्वती युथका खेलाडीको नामावली :
सुसन लामा
तिर्थ बहादुर बस्नेत
प्रदिप भण्डारी
अनिश श्रेष्ठ
कृष्ण गोपाल श्रेष्ठ
कवि खड्का
दिपेश श्रेष्ठ
अविरल रिजाल
राज शाही
रविन शर्मा पौडेल
सविन खड्का
रमेश तामाङ
दुर्गालाल श्रेष्ठ
जङ्गवु शेर्पा
दिपक गुप्ता
राजकुमार धिसिङ
दिनेश कार्की
निनम हाङ राई