काठमाडौं । यसपटकको सहिद स्मारक लिगको सरप्राईज टोली हो, च्यासल ।
पहिलो पटक ए डिभिजनमा उक्लिएको च्यासल युथ क्लब लिगलाई लिएर निकै उत्साहित पनि छ ।
प्रष्ट रुपमा भन्दा यसपटक कुनैपनि टोलीलाई रेलिगेशनको डर छैन । तर च्यासलले लक्ष्य लिग खेल्नुमात्र हुने छैन । लिगको पहिलो सहभागितालाई च्यासल यादगार बनाउन चाहन्छ ।
खेलाडी सरुवा बजारमा निकै सक्रिय देखिएको च्यासलले मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई अनुबन्धन ग¥यो । केही राष्ट्रिय टिमका खेलाडी भित्रायो । केही अझै प्रक्रियामा छन् । च्यासलमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण छ ।
दिनेश थापा मगर, छिरिङ गुरुङ, अमिर श्रेष्ठ, विश्व अधिकारी, गौरभ बुढाथोकी, योगेश गुरुङ जस्ता खेलाडी च्यासलले लिगकालागि क्लबमा अनुबन्धन गरेको छ ।
‘पटक ए डिभिजन लिग खेल्दैछौ । अन्तिम रहने कुनै सोचाई छैन । लक्ष्य भनेको जति सक्दो अगाडी आउनुनै हुनेछ । हाम्रो प्रयास त्यसैमा केन्द्रित छ ।’ क्लबका महासचिब प्रदिप ब्यञ्जनकार भन्छन् ।
नेपालको क्लब फुटबल निकै अस्थिर छ । खेलाडी कुनैपनि क्लबमा लामो समय खेल्दैनन् । क्लबको खेलाडी उत्पादनको एकेडेमी छैन । यस हिसावमा प्रतियोगितामा क्लबले गर्ने प्रर्दशनको आँकलन गर्न गाह्रो पर्छ ।
तर यस लिगमा च्यासल सबैकालागि सरप्राईज टोली बन्नेछ । पहिलो ए डिभिजन लिग कस्तो खेल्छ, सबैको नजर त्यसमा अडिने पक्का छ ।
लिग हुने निश्चित भएलगत्तै च्यासलले नेपाल राष्ट्रिय फुटबल टोली हेरिसकेका राजु काजी शाक्यलाई मुख्य प्रशिक्षकको जिम्बेवारी दियो ।
लिगकालागि टिमले दुई महिना अगाडी देखिनै तयारी गरिरहेको थियो । २०३६ सालमा स्थापना भएको च्यासल २०६८ सालमा वि डिभिजनबाट बढुवा भएपनि घरेलु फुटबलको विवादका कारण शीर्ष डिभिजनको लिग खेल्न पाएको थिएन ।
च्यासल युथ क्लबमा रहेको खेलाडीहरु :
प्रिन्स ब्यञ्जनकार
शत्री ब्यञ्जनकार
योगेश गुरुङ
हेमन्त थापा मगर
छिरिङ गुरुङ
रविन ब्यञ्जनकार
लक्ष्मण थारु
गौरब बुढाथोकि
चेतन कुमार थारु
सजिन थापा मगर
सन्त बहादुर गुरुङ
नरेन्द्र चौधरी
विश्वो अधिकारी
निशान खड्का
अमिर श्रेष्ठ
दिनेश थापा मगर
सुनिल खड्का
महादेब भण्डारी