नाडाललाई बार्सिलोना ओपनको उपाधि
आइतबार, बैशाख १२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले बार्सिलोना ओपन टेनिसको उपाधि जितेका छन् ।
आइतबार राति भएको फाइनलमा ग्रीसका स्टेफानोस टित्सीपासलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
विश्व नम्बर एक नाडालले दोस्रो वरीयताका स्टेफानोसमाथि ६-४, ६-७ (६-८) र ७-५ को सेटमा जित निकालेका हुन् ।
यससँगै ३५ वर्षीय नाडालले १२ औं पटक बार्सिलोना ओपनको उपाधि जितेका छन् ।
नाडालले सेमिफाइनलमा आफ्नै देशका पाब्लो बुस्टालाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
स्टेफानोसले इटालीका जानिक सिन्नरलाई हराएका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
