सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

दिवस र एशियाको जोडीलाई उपाधि

आइतबार, १२ बैशाख २०७८खेलपाटी संवाददाता
दिवस र एशियाको जोडीलाई उपाधि
mustang rice ad

काठमाडौं । पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५-२३, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

उपबिजेता सुजन र नविनले २१ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्ने ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ्ग र बेलबारीका लाक्पा शेर्पाको जोडी तथा धरानका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल भेट्रान्स ४५ माथिको उपाधी पूर्व राष्ट्रिय प्रशिक्षक एवं अन्तराष्ट्रिय खेलाडी उत्तम सिंखडा र श्याम लामाको जोडीले हात पार्यो ।

ईटहरी ब्याडमिन्टन क्लबका उक्त जोडीले फाईनलमा धरानका गहेन्द्र लिम्बु र सुरेश नियुङ्गको जोडीलाई फाईनलमा २१-१७, २१-१८ को सोझो सेटमा पराजित गर्दै नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

उपबिजेता टोलीले नगद १६ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो हुने धरानका थमन गुरुङ्ग र धनबहादुर लिम्बु तथा बेलबारीका नविन राई र विकास श्रेष्ठको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व खेलाडी चन्द्र शेखर लामा, सुनसरी ब्याडमिन्टन संघका उपाध्यक्ष मणी गुरुङ्ग, ईटहरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।


पुरुष युगल र भेट्रान्सको मात्र प्रतिस्पर्धामा प्रदेश १ का ९० खेलाडीहरुको सहभागिता रहेको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप