काठमाडौं । पछिल्लो समय घरेलु फुटबलमा थ्रीस्टार क्लबले निकै आरोह अवरोध व्यहो¥यो । एएफसी कपको सहभागिताबाट बञ्चित गरिएको घटना होस वा फुटबल नखेल्ने निर्णय, सबै घटना नेपाली फुटबलकालागि अप्रिय थिए ।
एक समय लथालिङ्ग बनेको नेपाली फुटबलको शिकार थ्रीस्टार बन्यो । परिस्थिती जस्तो निर्दयी बनेपनि थ्रीस्टारले फुटबल छोड्न कहाँ सक्थ्यो र ?
धेरैले भन्छन्, थ्रीस्टारसंग जोडिएका हरेक ब्यक्तिको नशामा रगतसंगै फुटबल पनि बग्छ ।
घरेलु फुटबल धरासयी बन्दा धेरै खेलाडी बेरोजगार बने । धेरै फुटबल क्लबका गतिविधि शुन्य प्राय रहे । तर थ्रीस्टारले राम्रा खेलाडीलाई नियमित रुपमा तलब दिएर क्लबमा राख्यो ।
अब लिग सुरु हुने बेला आएको छ । कागजमा सही, सबै भन्दा बलियो टोली थ्रीस्टार भनेर दाबी गर्न सकिन्छ ।
कारण, राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडी क्लबमा आबद्ध छन् । अझ थ्रीस्टार समर्थकलाई खुसी कुरा भरपर्दा मिडफिल्डर बिक्रम लामा ए डिभिजन लिगबाट मैदान फर्कदै छन् । चोटका कारण उनी करिब ७ महिना मैदान बाहिर रहेका थिए ।
अर्को कुरा, थ्रीस्टारले रञ्जन विष्ट र रुपेश केसीलाई समेत क्लबमा ल्याउन सफल भएको छ । त्यस हिसावमा क्लबले ए डिभिजन लिगलाई आफ्नो उपाधि रक्षाको अभियानको रुपमा लिएको छ ।
‘हाम्रो दाबी उपाधिमै हो । त्यसैले हामीले चलेका राम्रा स्टार खेलाडी क्लबमा राखेका छौ ।’ अध्यक्ष अरुणमान जोशी भन्छन् ।
एन्फाको चरम लापरबाहीले थ्रीस्टारले एएफसी प्लेअफ खेल्न पाएन । एन्फासंग असन्तुष्टि जनाउदै थ्रीस्टारले करिब १० महिना फुटबलबाट टाढा रहने निर्णय ग¥यो ।
जब विवादहरु किनारा लागे । थ्रीस्टार मोफसलको प्रतियोगितामार्फत खेलमा फर्कियो । केही उपाधि जित्यो तर मुख्य कुरा खेलाडीलाई क्लबसंगै राख्न सफल भयो ।
‘एन्फाको लापरबाहीपछि हामी फुटबलबाट टाढिन पुग्यौ । तर जब फुटबलमा फर्कियौ, खेलाडीलाई आफुसंग राख्न सफल भयौ । सोही कारण हामी बलियो अवस्थामा छौ ।’ जोशी भन्छन् ।
ललितपुरे क्लबले सहिद स्मारक ए डिभिजन लिग ४ पटक जितिसकेको छ । सन् १९९७, १९९८, २००४ र २०१२–१३ मा गरि चार पटक उसले उपाधि उचालेको छ । ७२ सालमा भएको राष्ट्रिय लिगको उपाधि समेत क्लबले हात पा¥यो ।
नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक मेघराज केसी नेतृत्वमा रहेको थ्रीस्टारको खेलाडी नामावली यसप्रकार रहेको छ ।
गोलकिपर : एलेन न्यौपाने, पुर्ण चेम्जोङ, अभिषेक बराल
डिफेन्डर : अनन्त तामाङ, रजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार, अशोक खवास, जिवन गुरुङ, पिटर सेगुन
मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, सुनिल बल, रुपेश केशि, मिसन लामा, मिक्छेन लामा, दिपेश घले, सुशिल राई, दिप्सन राउत
स्ट्राइकर : अनिल गुरुङ, रञ्जन विष्ट, अजयी मार्टिन, बुद्ध लामा, सुसन श्रेष्ठ, जेनिस प्रजापती