काठमाडौं । फ्रेन्ड्स क्लब घरेलु फुटबलको सदाबहार क्लब हो । नकआउट प्रतियोगिता जित्नु बाहेक क्लबले लिग फुटबलमा खासै गतिलो नजिता आत्मसाथ गरेको छैन । तर नेपाली फुटबलको गतिसंगै क्लबले आफुलाई समाहित गर्दै आएको छ ।
करिब ४ बर्षपछि सुरु हुन लागेको 'ए' डिभिजन लिगमा फ्रेन्ड्सको खासै ठुलो लक्ष्य छैन, शीर्ष ६ भित्र पर्न सके क्लबले आफुलाई सफल मान्नेछ ।
बजारमा खेलाडी छैनन । भएका खेलाडीलाई छोईसक्नु छैन । क्लबले लिगका लागि करिब १ करोड बजेट छुट्याएको छ । टिममा अधिकांश गत बर्षको यू - १८ टिमका सदस्य छन् । त्यही टिमा नयाँ खेलाडी थप्दै लिगमा आफुलाई प्रस्तुत गर्ने योजना क्लबको योजना छ ।
‘विदेशी खेलाडी ल्याउने प्रक्रिया चलिरहेको छ । गत बर्षको यु–१८ टिमका खेलाडीलाई अनुबन्धन गरेका छौ । तालिकाको मध्यभागमा आफुलाई राख्ने योजना छ ।’ क्लबका अध्यक्ष राजिव पौडेलले भने ।
लिगको तयारीको क्रममा फ्रेन्ड्सले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसंग मैत्रिपुर्ण म्याच खेल्यो । सो खेल बराबरीमा सकियो । त्यही नतिजाले समेत फ्रेन्ड्सको आशा बढाएको छ ।
‘मनाङसंगको खेल ड्र भयो । युथ खेलाडीले राम्रो खेले । लिगमा समेत सोही प्रकारको नतिजा निकाल्ने प्रयास हाम्रो रहन्छ । पौडेल भन्छन् ।
फ्रेन्ड्स टिम :
रमेश बर्तौला
अनिल महर्जन
जनक कोईराला
किरण बोहरा
देव तामाङ
जिवन गुरुङ
दिवाकर चौधरी
आशिष केसी
अशिम भुसाल
शनिस श्रेष्ठ
बिजे क्षेत्री
विकास लामा
सरोज योञ्जन लामा
सञ्जोक महर्जन
धिरज श्रेष्ठ
समिर राई
नारायण महर्जन
नकुल करिम