एजेन्सी । पूर्व विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेररले फ्रेन्च ओपन ग्राण्डस्लाम टेनिस खेल्ने भएका छन् ।
चोटका कारण टेनिस कोर्ट बाहिर रहदै आएका फेडेररले फ्रेन्च ओपन खेल्ने पक्का भएको हो ।
अब फेरेररले फ्रेन्च ओपनबाट टेनिस कोर्टमा पुनरागमन गर्ने छन् ।
सन् २०२० को जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले ग्राण्डस्लाम प्रतियोगिता खेलेका छैनन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेरर १४ महिनापछि कोर्ट फर्कन लागेका हुन् ।
३९ वर्षीय फेडेररले एक पटक फ्रेन्च ओपन जितेका छन् ।
उनले सन् २००९ मा फ्रेन्च ओपन जितेका थिए ।
फ्रेन्च ओपन २४ मे देखि १३ जुनसम्म आयोजना हुनेछ ।
क्ले कोर्टमा खेलिने फ्रेन्च ओपनको मुख्य प्रतिस्पर्धा भने मे ३० बाट सुरु हुनेछ ।
गत वर्ष भने फ्रेन्च ओपन आयोजना भएन ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको हो ।