काठमाडौं । घरेलु फुटबलमा ब्रिगेट ब्वाईजको इतिहास त्यति लामो होईन, तर छोटो पनि छैन । क्लबको आफ्नै कथा छ, आफ्नै कहानी छ ।
करिब २५ बर्ष अगाडी विदेशमा रहेका लाहुरेका छोरा छोरी नेपाल आउथे, फुटबल खेल्थे । फुटबल मोहकै कारण क्लब गठन गरे, ब्रिगेट ब्वाईज ।
सुन्दा समेत फौजी जस्तो लाग्ने क्लबले 'ए' डिभिजनमा चढ्ने, झर्ने गरिरह्यो । फेरी एक पटक क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएको छ ।
क्लबले नेपाली फुटबलमा केही यस्ता खेलाडी दिएको छ । जसलाई नेपाली फुटबलले अनन्तसम्म सम्झिरहनेछ । त्यसमा केही उदाहरण लिदाँ अनिल गुरुङको नाम अगाडी आउछ ।
राष्ट्रिय टिमका पुर्व कप्तान समेत बनेका अनिलले घरेलु लिगमा ब्रिगेट ब्वाईजबाटै डेब्यु गरेका थिए । एक सिजन पश्चात उनी महारथी क्लब थ्रीस्टारमा जोडिए । पछि विभिन्न नाम चलेका क्लबमा गए । नाम कमाए, पैसा कमाए, आफुलाई समृद्ध बनाए । तर ब्रिगेटले आफुलाई कहिल्यै फैलाउन सकेन । क्षितिज पारिको लक्ष्य भेट्ने आँट गर्न सकेन ।
‘क्लबको नियमित आर्थिक स्रोत छैन । भवन छैन । टोली सुधार समितिसंग मागेर एउटा क्लबको अफिस छ ।‘ क्लबका म्यानेजर अरबिन्द गुरुङ भन्छन्, ‘नयाँ खेलाडीलाई मौका दिने र युवालाई अवसर दिने क्लबको रुपमै हामी रहन्छौ ।’
क्लबले भर्खरै अन्डर १८ प्रतियोागिता जितेको छ । त्यही टिमका अधिकांश राम्रा खेलाडीलाई राखेर लिग खेल्ने टिम बनाएको छ । ए डिभिजनकालागि भन्दै क्लबले केही विदेशी खेलाडीसमेत क्लबमा ल्याएको छ ।
‘बढी भन्दा बढी युवा खेलाडीलाई क्लबमा राख्ने र अर्को सिजनको तयारी गर्ने हाम्रो लक्ष्य हो ।’ गुरुङ भन्छन् ।
ब्रिगेटले लिगमा धेरै ठुलो महत्वकाक्षा राखेको छैन । उसले कम्तिमा आठौ स्थानसम्म आफुलाई उभ्याउने योजना बनाएको छ ।
क्लबको लक्ष्य अहिलेको टिमलाई परिपक्क बनाएर अर्को सिजन रेलिगेशनबाट बच्नुनै रहेको छ ।
ब्रिगेड टिम :
गणेश बिक
वर्तमान राई
मनोज राई
साजन डंगोल
विवेक गुरुङ
अनिमेष श्रेष्ठ
दिपेन्क राज सिंह
एन्जल महर्जन
पवन शाही
गणेश बुढाथोकी
जंगबहादुर राई
रञ्जित तिवारी
रोशन दोङ
रोशन राना मगर
पदम भट्टराई
लक्ष्मण थापा मगर
शिखर लेखी
लक्कीकुमार कार्की