काठमाडौं । विभागीय टिम एपीएफ नेपाली फुटबलका लागि कान्छो टोली हो । घरेलु फुटबलमा अन्य विभागले आफुनो प्रभुत्व कायम गरेपनि एपीएफले कहिल्यै आफुलाई दाबेदारको रुपमा उभ्याउन सकेन ।
अधिकांस समय रेलिगेशनबाट बच्न संघर्ष गरिरहने एपीएफको प्रर्दशन लिग फुटबलमा ‘कामचलाउ’ मात्र रह्यो । अब भने एपीएफ आफ्नो रेकर्ड सुधार गर्न चाहन्छ ।
‘टिम सेट, खेलाडीको मनोवल र प्रर्दशन हेर्दा एपीएफले कम्तिमा तेस्रो स्थानकालागि लिगमा दाबेदारिता राख्छ ।’ प्रशिक्षक राजेन्द्र तामाङले भन्छन् ।
तामाङ त्यस्ता प्रशिक्षक हुन्, जसले थ्रीस्टारलाई लिग जिताए । त्यही अनुभवले एपीएफको नियति फेर्न तामाङ समेत उत्सुक छन् ।
‘तयारी राम्रो छ । लामो समयदेखि संगै अभ्यास गरेका खेलाडी छन् । खेलाडी पुर्ण रुपमा फिट छन् । टिम सेट राम्रो छ ।’ तामाङ भन्छन्, ‘दुई चार खेलपनि खेल्यौ । यसले टिममा राम्रो प्रर्दशन हुन्छ भन्ने अपेक्षा छ ।’
एपीएफका मुख्य स्ट्राईकर रञ्जन विष्टले यसपटक क्लब छाडे । उनले थ्रीस्टारलाई नयाँ गन्तव्य बनाए । तर क्लबमा उमेर समूहमा जबर्जस्त प्रर्दशन गरेका खेलाडी छन् । आदित्य चौधरी र राजेन्द्र रावल जस्ता राष्ट्रिय टिमका अनुभवी खेलाडी छन् । उनीहरुकै जोडबलमा एपीएफले लिगको शीर्ष तीनभित्र पर्ने आश पालेको छ ।
एपीएफ टिम :
मिलन राई
रमेश दंगाल
नविन लामा
विश्वास उदास
युवराज खड्का
अमृत चौधरी
राजेन्द्र रावल
श्यामकुमार नेपाली
सन्तोष श्रेष्ठ
शिवराज गिरी
राजकुमार कुमाल
राजिव लोप्चन
सुदिप शिखाकार
रुपबहादुर लामा
प्रविनकुमार स्याङ्तान
राजु योगी
बिरेन्द्रप्रकाश यादव
हरी कार्की
विके तामाङ