काठामाडौं । उपत्यकाको रैथाने क्लब हो, संकटा । यसको जन्म फुटबल खेल्नकै लागि भयो ।
धेरै सामाजिक क्लब छन्, जसले सामाजिक क्रियाकलाप संगसंगै फुटबललाई अघि बढाए । तर संकटाले फुटबललाई प्रचार गर्न सामाजिक काममा हात हाल्यो ।
‘हाम्रो विधानमै मुख्य रुपमा फुटबललाई अघि बढाउने उल्लेख छ ।’ क्लब अध्यक्ष ईन्द्रमान तुलाधर भन्छन्, ‘तर फुटबललाई प्रचार गर्न सामाजिक काममा समेत हात हालेका छौ ।’
क्लब ईतिहासमा संकटाको आफ्नै गौरवगाथा छ । आफ्नै नाम र परिचय छ । संकटाले ३ पटक लिग जितेको छ । पछिल्लो समय नकआउट प्रतियोगिताको उपाधिमै चित्त बुझाएको संकटाले असोज १३ बाट सुरु हुने पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगका लागि खेलाडी अनुबन्धनको ठुलै कसरत नगरेको होईन । तर क्लब सफल भएन ।
‘तयारी सक्ने जति गरेको हो । तर उपाय लागेन ।’ एन्फा महासचिव समेत रहेका तुलाधर भन्छन् ।
संकटाले राष्ट्रिय टिमका खेलाडी अनुबन्धनको ठुलो प्रयास गर्यो । तर त्यसमा क्लब असफल रह्यो । खेलाडी अनुबन्धनको प्रयास सफल नभएपछि संकटाले केही राम्रा विदेशी खेलाडी क्लबमा राखेको छ ।
त्यसैले आधार बनाएर यसपटकको लिगमा राम्रो प्रर्दशन गर्ने अठोट लिएको छ ।
‘बलियो टिम बनाउन नसकेपनि शीर्ष ६ भित्र पर्ने लक्ष्य हो ।’ तुलाधरले खेलपाटीसंग भने ।
संकटा टिम :
अजय महर्जन
विष्णु गुरुङ
दिपेश आलेमगर
हिक्मत खत्री
राजाबाबु थापा
रोशन पहाडी
सन्दिप कुँवर
सरोज दाहाल
शौजन राई
अमित तामाङ
प्रताप बज्राचार्य
सुभाष गुरुङ
नविन गुरुङ
लक्ष्मण रुचाल
अभिषेक लिम्बु
रोमन लिम्बु
इलोन म्याक्सवेल
ताम्पी इर्निष्ट ।