काठमाडौं । नेपाली फुटबलमा विभागीय टिमको जवर्जस्त प्रभाव छ । फिजिकल गेम खेल्न विभागीय टिम जति कसले सक्ने ?
त्यस्तो टिममा प्राविधिक पक्ष मिसिएपछि फुटबल कति सुन्दर बन्छ, त्यो आर्मी क्लबलाई हेरे पुग्छ ।
कुनै समय पुलिस घरेलु फुटबलमा एक छत्र राज गर्यो । समय यति बेला अर्को विभागीय टिमको आएको छ । त्यो टिम आर्मी बनेको छ ।
ईतिहास हेर्दा, आर्मीले एक पटक पनि लिग जितेको छैन । अघिल्लो संस्करणमा उपविजेता बन्नु आर्मीको सबैभन्दा ठुलो सफलता हो ।
तर, असोज १३ बाट सुरु हुने पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा आर्मीको लक्ष्य प्रष्ट छ, उपाधि । प्रशिक्षक नविन न्यौपाने समेत यसमा दाबी गर्छन् ।
‘विभागीय टिमको बिशेषता भनेको १२ महिने ट्रेनिङ हो । सबै खेलाडी फिट छन् । सेट टिम तयार छ । सबै खेलाडी धेरै समय संगै खेल्ने भएकाले कुनै समस्या छैन ।’ उनी भन्छन् ।
घरेलु फुटबल धरासायी बनेको अवस्थामा गत सिजन आर्मीले ७ वटा मुख्य उपाधि उचालेको थियो । त्यो हिसावमा आर्मी घरेलु फुटबलको नम्बर एक टोली हो ।
‘गत सिजन ७ मुख्य उपाधि जितेर हामी नम्बर एक टोली बनेका छौ । त्यही हिसावमा हामीले चुनौतीको रुपमा यसलाई लिएका छौ । सबै हिसावमा यसपटक हामी उपाधिका दाबेदार टोली हौ ।’ उनी भन्छन्, ‘यसपटक हामी लिगमा ईतिहास बनाउन चाहन्छौ ।’
देशभरका विभिन्न गण र पृतनाबाट छानिएका ४० बढी खेलाडी आर्मीको टोलीमा आबद्ध छन् । त्यही खेलाडीको प्रर्दशनमा आर्मीले सहिद स्मारक 'ए' डिभिजन लिग जित्ने अपेक्षा गरेको छ ।
'ए' डिभिजन लिगका लागि आर्मीको टिम :
बिकेश कुथु
भरत खवास
जर्ज प्रिन्स कार्की
नवयुग श्रेष्ठ
दिपकुमार लामा
विवेक बस्नेत
टंक बहादुर बस्नेत
दिनेश हेन्जन
शसिन्द्र आङ्दाम्बे
बिकाश खवास
राजिव गुरुङ
दिपक गुरुङ
सुमन अर्याल
विमल पाण्डे
जितेन्द्र कार्की
पदमकुमार तामाङ
विकास तामाङ
सन्तोष तामाङ