साउन्ड टेटे मंगलबारबाट
आइतबार, ०३ असार २०७५खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघको व्यवस्थापनमा राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५६ खेलाडीको सहभागिता रहने व्यवस्थापनको जिम्मा लिएको संघका प्राविधिक निर्देशक कुमार पौडेलले जनाएका छन् । पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले १÷१ हजारका दरले नगद पुरस्कार पाउने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु सानो गौचरणस्थित काठमाडौं जिल्ला खेलकुद विकास समितिको हलमा हुनेछ ।












-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)
