काठमाडौं । सशत्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले आइतबार तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । दिपेशले पुरुष एकलतर्फ र रसिलाले महिला एकलतर्फको उपाधि जितेका हुन् ।
बसुन्धारास्थित जेष्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा पुरुषको फाइनलमा दिपेशले दुई पटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गरे । दिपेशले पहिलो सेटमा २१–१३ को सहज जित निकाल्दै दावेदारी पेश गरेको थियो । दोस्रो सेटमा खेलमा फर्किएको रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्राए । निर्णायक सेटमा रत्नले खेल १८–२१ ले गुमाउन पुग्यो ।
उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गरे । उपविजेता बनेको रत्नले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएका भ प्रिन्स दाहाल र नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए ।
महिलाको फाइनलमा रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालिन् । उपाधिसंगै रसिलाले २५ हजार रुपैया प्राप्त गरे । दोस्रो भएको जेसिकाले १२ हजार प्राप्त गरे ।
रसिला यु –१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन् । फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् ।
ययू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि २१–१द्द र २१–१द्द को सहज जित निकाले । यू–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान ६ हजार पाउनेछ ।
पुरुष डबल्र्समा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते । विजेता बनेको दिपेश र विजितको जोडीले २५ हजार पाए । दोस्रो भएको रत्नजित नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार पाए ।
मिक्स डबल्स्मा एपीएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्र्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।
पुरुष डबल्स् टप–२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए ।
मास्टर्स ३५ वर्षमाथिको डबल्स्मा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भुमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते ।
मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भुमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भुमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । यि दुई जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियन बनेको थियो । मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे ।