काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा ब्यापक भ्रष्टाचार भएको आरोप वरिष्ठ उपाध्यक्ष मणी कुँवरले लगाएका छन् । नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् ।
'एन्फाको निर्वाचनमा व्यापक भ्रष्टचार भएको थियो । त्यसको यथेष्ट प्रमाण मैले फेला पारेको छु । त्यसलाई भोली पत्रकारसम्मेलन गरेर सार्वजनीक गर्नेछु ।' कुँवरले खेलपाटीसंग भने ।
दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेको कुँवरले गत बैशाखमा भएको एन्फा निर्वाचन वहिष्कार गरेका थिए । निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
अन्तिममा समयमा उनले चुनाव वहिष्कार गरेपछि एन्फाको नयाँ नेतृत्वमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका थिए । कुँवरले भोली सोमबार पत्रकारसम्मेलन मार्फत निर्वाचनमा भाग नलिने कारण समेत खोल्ने बताए ।
निर्वाचनमा पराजय ब्यहोर्ने निश्चित भएपछि कुँवरले चुनावी प्रतिस्पर्धा छाडेको धेरैको आरोप छ ।