शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आहा रारा - उपाधिका लागि संकटा र अफ्रिकन भिड्दै

शनिबार, चैत २८, २०७७खेलपाटी संवाददाता
आहा रारा - उपाधिका लागि संकटा र अफ्रिकन भिड्दै
Classic Tech Internet Ad

पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् ।

फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् ।

'पाँच पटक प्रयास गर्दा फाइनल पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,' खड्कीले भने, 'दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।'

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाएपनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।

अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

'हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,' उनले भने ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

Bajaj Pulsar Motorcycle Ad
२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने