काठमाडौं । प्रदेश-१ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैतमा आयोजना हुने भएको छ ।
झुम्का ब्याडमिन्टन क्लबले आयोजना गर्ने प्रतियोगिता चैत २७ र २८ गते हुनेछ ।
रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गर्ल्स एकल, खुल्ला गर्ल्स एकल, भेट्रान्स ४५ माथि र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिब २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
करिब १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शीर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि विहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।