काठमाडौं । तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१२ गल्र्स तर्फको उपाधि समृद्धि महर्जनले उचाल्दा यु–१० ब्वाइज तर्फको उपाधि असभ सम्राट हाडाले जितेको छन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् ।
यु–१४ गल्र्सको उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइज तर्फ प्रनभ मानन्धर र राजवीर प्रधान भिड्ने भएका छन् । समिराले जेनि खड्कालाई ६–४ र ६–४ को सेटमा स्तब्ध बनाउँदा प्रशंसाले आध्या पौडेललाई ६–१ र ६–४ ले हराइन् ।
ब्वाईज तर्फको खेलमा प्रनभले निश्चल कायस्तलाई ६–१ र ६–१ को सेटमा हराउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । यु–१२ ब्वाइज तर्फको खेलमा दर्शिल श्रेष्ठमाथि रोमाञ्चक जित निकालदै फाइनलमा स्थान बनाए ।
दर्शिलले सिर्जन भट्टराईलाई ६–१, ४–६ र ६–० को सेटमा हराउँदै उपाधि यात्रा तय गरेका हुन । सामाजिक उत्तरदायित्व अनुसार सञ्चालन भएको प्रतियोगिता आइतबार सम्म सञ्चालन हुँदैछन् ।
कुल १ सय ५ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ब्वाइज तर्फ ब्वाइज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।