काठमाडौं । काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । मेन्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट खेलाडी हुनु पर्नेछ ।
कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ । मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् । पाँच इभेन्ट्स मध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०/३० हजार पाउने छन् ।
टिम च्याम्पियनलाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक कुमारी बैंक रहेको छ ।
आयोजकले मुख्य प्रायोजकको रुपमा बैंकसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै प्रतियोगिताको नाम कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप रहने छ ।