काठमाडौं । आरभ सम्राट हाडा तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगितामा यु–१६ ब्वाईज तर्फको फाइनलमा प्रवेश गरेका छन् ।
मन्डिखाटार स्थित टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनल खेलमा आरभले प्रितम परियारलाई ६–१ र ६–० को सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् ।
यस अघि बुधबारै सम्पन्न सेमिफाइलनमा आरभले सौगात विकलाई ६–२ र ६–१ को सेटमा हराएर अन्तिम चारमा स्थान बनाएका थिए । यस्तै यु–१६ ब्वाईज तर्फको खेलमा अकि जुबेन राउतले निहाल थापालाई हराउँदै आरभ सम्राटसँगको भेट पक्का गरे । अकिले निहाललाई ६–१ र ६–२ ले पराजित गरेका हुन् ।
यस्तै यु–१२ गल्र्समा आर्या गुरुङ, कर्मिस्ता श्रेष्ठ, समृद्धि महर्जन र प्राजना मानन्धरले अघिल्लो चरणमा स्थान बनाउँदा यु–१४ ब्वाइज तर्फको खेलमा निश्चिल कायस्ता, आयुषमान घले, राजविर प्रधानले जित निकाले । यु–१६ गल्र्स तर्फ अजा रेग्मी, रैना शाह र इशााश्री शाहले पनि अघिल्लो चरणमा प्रवेश गरे ।