बंगबन्धु कप कबड्डीमा नेपालको पहिलो जित
बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा पोल्याण्डलाई ४०-१९ ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बंगलादेश ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, पोल्याण्ड, केन्या र श्रीलंका गरि ५ टिमको सहभागिता रहेको छ ।









%20(2)-1765947464452.png&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



