शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

सोमबार, १६ चैत्र २०७७खेलपाटी संवाददाता
उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

तस्बिर - रमेश सुवेदी/खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।  दुबै टिमले उपाधिका लागि खेल्ने बताईसकेका छन् । त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।

फाइनल अघि आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले भने, 'हामीले दुई खेल खेल्यौं ।  प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौँ,' महर्जनले भने, 'हाम्रो मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।'

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए  ।

यस्तै महर्जनले फाइनलमा टिममा केहि परिवर्तन हुने समेत बताए । 'फाइनलमा सुरुवाती-११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दैछु,' उनले भने ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताए ।

'सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु,' उनले भने ।

No description available.

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन ।

'यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलिलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,' उनले भने ।

बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।

'हामीलाई उपाधि जित्न यो सुन्दर अवसर हो । हामीसँग राम्रा खेलाडी छन् । अनुभवी खेलाडी पनि छन्,' उनले भने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

Bajaj Pulsar Motorcycle Ad
आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

अस्ट्रेलिया लागिन् साफिया

अस्ट्रेलिया लागिन् साफिया

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा