शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

किर्गिस्तान यू-२३ टिमसँग आर्मीको बराबरी

आइतबार, १५ चैत्र २०७७खेलपाटी संवाददाता
किर्गिस्तान यू-२३ टिमसँग आर्मीको बराबरी

किर्गिस्तान यू-२३ विरुद्ध बल अघि बढाउने प्रयासमा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठ । फोटो- रमेश सुवेदी/खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।

किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो । तर, आर्मी गोल गर्न असफल रह्यो ।

खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाऊ गरे ।

खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औं मिनेटमा विवेक बस्नेतले करिब १८ यार्डबाट गोल गर्न सकेनन् । अनमार्क रहेका उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ७३ औं मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको कडा प्रहार किर्गिस्तानका परिवर्तित गोलकिपर टोकोतेभले बचाए ।

८५ औं मिनेटमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, अभिलोभले किपर अघि बढेको अवस्थामा गोल गर्न सकेनन् ।

आर्मीको प्रतिद्वन्दी को ?

आर्मीले एएफसी कपको प्ले अफमा श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।

आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।

यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् ।

समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

Bajaj Pulsar Motorcycle Ad
आर्मीको सोझो सेटमा जित

आर्मीको सोझो सेटमा जित

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

पुलिसको विजयी सुरुआत

पुलिसको विजयी सुरुआत

अस्ट्रेलिया लागिन् साफिया

अस्ट्रेलिया लागिन् साफिया

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

एभरेस्ट भलिबल क्लबले निशाको कप्तानीमा खेल्ने

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा