काठमाडौं । अनेरा खेलकुद मन्च अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जारी पिपलनेटा प्रथम खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा आयोजकको 'ए' टिमलाई २५-१८,२३-२५ र २०-१८ को सेटमा पराजित गर्दै खेलकुद मन्च उपाधि नजिक पुगेको हो ।
अब फाइनलमा खेलकुद मन्चले सन्धिखर्क नगरपालिका-१२ र फलामखिली भुनपाबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत नै शनिबार जिल्ला प्रशासन कार्यालय सन्धिखर्कले सन्धिखर्क नगरपालिका-११ लाई २५-१२ र २५-१३ ले हराएको थियो ।
यस्तै आयोजक टिम एले पाणिनी स्पोर्ट्स एकेडेमीलाई २५-२०,१९-२५ र १५-०७ ले हरायो ।
असुरकोट टिम एले असुरकोट टिम बीलाई २५-१३ र २५-१४ ले हरायो ।
नमुना युवा क्लबले ठुला खर्क युवा क्लबलाई २५-१७ र २५-१६ ले हराउँदा अखिल नेपाल राष्ट्रिय खेलकुद मन्चले जिप्रका सन्धिखर्कलाई २५-१४,२१-२५ र १५-१ ले हरायो ।
फलामखिलीले नमुना युवा क्लबलाई २५-२२ र २५-१८ ले हराउँदा अखिल नेपाल राष्ट्रिय खेलकुद मन्चले न्यु ढाकाबाङ्ग फर्निचर उधोगलाई २५-२१ र २५-२० ले हरायो ।
त्यस्तै सन्धिखर्क नगरपालिका-१२ ले असुरकोट युवा सन्जाललाई २५-१५ र २५-१८ ले हराउँदा फलामखिलीले आयोजक बीलाई २५-१३ र २५-१४ ले हराएको छ ।
खुल्ला भलिबल प्रतियोगितामा १८ टिमको सहभागिता छ ।
प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले २१ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी तथा अनुशासन खेलाडीले समान ३ हजार ५ सय पाउनेछन् ।