शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा

शनिबार, १४ चैत्र २०७७खेलपाटी संवाददाता
बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा
mustang rice ad

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

May be an image of 4 people, people standing, people playing football, outdoors and text that says 'SAHIDUL CAHIDUL खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com idtv 24 खेलपाटी khelpati.com खेलपाटी to Drug खेलपाटी khelpati.com'

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो ।

किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । 

खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।

३७ औं मिनेटमा मोहमद इमोनको हेडर नेपालका दिनेश राजवंशीले गोललाइनको ठिक अगाडीबाट क्लियर गरेका थिए ।

खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

May be an image of 11 people, people standing and text that says '7ク up 29 24 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com 22 खेलपाटीkhelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com 3'

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सहजै बचाए ।

यस्तै ६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अविशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन ।

खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

तीन खेलाडीको डेब्यु

बंगलादेशविरुद्ध बराबरी खेलेको खेलमा नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरे ।

मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाए ।

यस्तै डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्‍जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।

May be an image of 11 people, people standing, people playing sports and text that says '15 19 खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com khelp खेलपाटी khelpati.com खेलपाटी helpati.com खेलपाटी khelpati.com'

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै