मधुवन बीसी
सुर्खेत । नेपाल आर्मीको पृतना गण सुर्खेतले कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३-१ को सेटमा हराउदै आर्मीले सुखद सुरुवात गरेको हो ।
आर्मीले पहिलो सेटमा सल्यानलाई २५-२१ मा हराउदाँ दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५-२२ ले हराएको थियो ।
त्यसपछिको तेस्रो र चौंथो सेटमा सल्यानलाई २५- १९ र २५- २२ ले पाखा लगाउदै आर्मीले २ अंक जोडेको हो ।
प्रतियोगितामा कर्णालीसहित विभिन्न प्रदेशका गरेर ८ टिमले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा भोली पाँच खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले २ लाख हात पार्दा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ।
यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउने छन।
प्रतियोगिताको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए ।