काठमाडौं । आयोजकका मिलन चन्द ठकुरी प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा सोमबार सम्पन्न प्रतियोगितामा मिलन सर्वोत्कृष्ट घोषित भएका हुन् ।
सर्वोत्कृष्ट बनेसँगै उनले ५ हजार नगद प्राप्त गरे ।
प्रतियोगितामा गल्कोट बाग्लुङका प्रकास सुनार उत्कृष्ट स्पाइकर, आयोजकका विवस आले उत्कृष्ट सेटर, आयोजककै हिमाल मगर उत्कृष्ट क्विकर र आयोजककै विशाल ठकुरी उत्कृष्ट ब्लकर चुनिए ।
यस्तै उत्कृष्ट डिफेन्डर मणिमुकुन्दका जीवन रसाइली र न्युटनका नकुल शाही उत्कृष्ट सर्भर चुनिए । उनीहरुले २५ सय प्राप्त गरे ।
आयोजकका अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गरे ।
त्यस्तै महेन्द्र छन्त्यालले राष्ट्रिय बिच भलिबल टिमका खेलाडी सन्जु बिक्रम शाहलाई १० हजार र आयोजक क्लबले ५ हजार नगदबाट सम्मान गरेका थिए ।
यस्तै खुम थापाले मिलन र विवसलाई खेल मन पराएर समान १५ /१५ सय प्रदान गरे ।