काठमाडौं । प्रथम साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक रातोले जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा सोमबार गल्कोट बाग्लुङलाई ३-१ को सेटमा पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
उपाधि हात पार्ने क्रममा आयोजकले गल्कोटमाथि ३७-३९,२६-२४,२५-२३ र २५-१९ को सेटमा जित निकाल्यो ।
उपाधिसँगै आयोजकले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बनेको गल्कोटले ६१ हजार १ सय ११ प्राप्त गर्यो ।
प्रतियोगितामा मणिमुकुन्द क्लब तेस्रो भयो । मणिमुकुन्दले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
मणिमुकुन्दले न्युटनलाई हराएर तेस्रो स्थान हासिल गरेको हो ।
अशिम युथ क्लब क्लबको आयोजना भएको प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो ।
विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, क्लबका अध्यक्ष लोक बिक्रम मल्ल लगायतले पुरस्कृत गरे ।