किरण आबद्द पन्जाबको जित
आइतबार, ०८ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जित निकालेको छ ।
आइतबार भएको खेलमा पन्जाबले रियल काश्मिर एफसीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पन्जाबको जितमा चेन्जो ग्याल्जेनले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए ।
पन्जाबको जितमा किरणले समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । अब किरण त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाल आउने छन् ।
यस जितसँगै पन्जाबले २५ अंक जोडेको छ । पन्जाब पाँचौं स्थानमा रहेको छ ।





-1771592656087.jpeg&w=3840&q=75)
-1771557471194.webp&w=3840&q=75)




-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)


